डाँस खोलामा तटबन्धन कार्य सुरु

डाँस खोलामा तटबन्धन कार्य सुरु

पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. १० पशुपति नगर टोलमा वर्षाका कारण डाँस खोलाले पु¥याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन गर्न निर्देशन दिनुभएको छ ।

सोमबार परेको वर्षाले पशुपति नगर टोल क्षेत्रमा बाढी पस्ने प्रवल संभावना देखिएपछि प्रमुख तुम्वापोले आज विहान सो क्षेत्रको अनुगमन गर्नुभएको हो । सो अनुगमनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ लगायतको उपस्थिति रहेको थियो ।

आज वडा नं. १० का जनप्रतिनिधि र प्राविधिक देवकृष्ण यादवको अगुवाईमा तटबन्धन कार्य सुरु भइसकेको छ । सो कार्य सम्पन्न गर्न पशुपति नगर टोलवासीहरु पनि जुटिसकेका छन् ।

सम्बन्धित खवर