थपलियाको सरुवा, लेटाङमा ओलि आउदै

थपलियाको सरुवा, लेटाङमा ओलि आउदै

लेटाङ,  इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक (इन्स्पेक्टर) बिकास थपलियाको सरुवा भएको छ ।

१६ महिना अघि लेटाङको ईलाका समाल्न आईपुग्नुभएका थपलियाको काठमान्डौ उपत्यका ट्राफिक कार्यालय सरुवा भएको हो । लेटाङमा भने जिल्ला प्रहरी कार्यालय बारा कलैयाबाट सरुवा भई प्रहरी निरिक्षक भिमलाल ओलि आउने हुनुभएको छ ।

थपलियालाई भने शान्ती अमन चयन तथा सुरक्षामा अब्बल देखिएको छ । थपलिया लेटाङमा कार्यरत रहदा बिबाद रहित तथा निस्पक्ष काम गर्ने छबीको रुपमा चिनिनुहुन्थ्यो । लागू औषध प्रयोग कर्ता तथा ओसार पसार गर्नेहरुलाई अभियान नै चलाएर कारबाही गरेर प्रसंसनिय काम गर्नुभएको थियो । केही समय अघि हत्या तथा लुटपाटका घट्नामा संलग्नलाई समेत पक्राउन गर्न थपलियाले विशेष भुमिका निर्वाह गर्नुभएको थियो ।

सम्बन्धित खवर