चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

पथरी
स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग हुने भएको छ । लिग आयोजना गर्दै आएको पिएस पिएल समितीले दिएको जानकारी अनुसार दशैँ पछिको समयमा क्रिकेट लिगको चौथो संस्करणका प्रतियोगीता आयोजना हुने भएको हो ।
तीन संस्करणको लिग आयोजना भइसकेको छ । यो संस्करणमा सात क्लवले प्रतिष्पर्धा गर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए । नियमित प्रतिष्पर्धा गर्दै आएका मंगलवारे लिजेण्ड र हिसाब किताब टाइडेन्सले यस संस्करणमा सहभागी नहुने जानकारी दिएपछि नयाँ टोलीका रुपमा गाेर्खा जिलेण्डले चौथो संस्करणमा सहभागीता जनाउन लागेको हो ।
पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउदै आएको प्रतियोगीताको चौथो संस्करणबाट कोशी प्रदेशका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ । ‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगीताको स्तरवृद्धि गर्न लागेका छौ’ अध्यक्ष मगरले भने ‘यस पटकबाट प्रतियोगीताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ ।

यस पटक अगाडीका प्रतियोगीतामा जस्तै अक्सन गरिने र अक्सनबाट क्लबले खेलाडी खरिद गर्ने छन् । भाद्र २२ सम्म खेलाडी दर्ताको लागि समय सिमा निर्धारण गरिएको र त्यसको केहि दिनमा अक्सन गरिने छ । यस पटक प्रत्येक क्लबले २ जना मात्रै खेलाडी ‘रिर्टन’गर्न पाउने र अन्य खेलाडी अक्सन मार्फत खरिद गर्न पाउने छन् । एक टिमले अक्सनमा कम्तीमा १४ खेलाडी खरिद गर्न सक्ने आयोजकका सचिव राकेश राईले जानकारी दिए ।

पहिलो संस्करणको विजेता रोयल किङ्ग, दोश्रो र तेश्रो संस्करणको विजेता सात वाघसंगै आइतबारे अस्त्र, विरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागीता जनाउन लागेका हुन् । पथरीको जाँते मोडमा रहेको पथरी रंगशाला र जिरिखिम्ती मैदानमा प्रतियोगीताका खेलहरु हुनेछन् । आयोजकका अनुसार यस पटकको प्रतियोगीतामा सहभागी जनाउन विगतका वर्ष भन्दा धेरैले फारम भरेका छन् ।

सम्बन्धित खवर