अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलरहरूको अनुगमन तथा निरीक्षण

अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलरहरूको अनुगमन तथा निरीक्षण

पथरी, पथरी शनिश्चरे नगरपालिका भित्र रहेका अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलरहरुको अनुगमन तथा निरीक्षण गरिएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा अनुगमन एवं निरीक्षण गरिएको हो ।

वडा नं. १० मा स्थापित सफलता लघु उद्यमी कृषि विकास सहकारी संस्था लि।, अरुण बहुउश्द्दीय सहकारी संस्था र वडा नं। १० अवस्थित कुशेचौरी कृषि सहकारी संस्थामा अनुगमन एवं निरीक्षण गरिएको हो ।

अनुगमनमा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं। ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा सदस्य एवं कार्यपालिका सदस्य मिना तामाङ, मल वितरण व्यवस्थापन समितिका सदस्य सचिव सविना राई र कृषि स्नातक जुनु जिमीको सहभागिता रहेको थियो ।

डिलहरूको अनुगमन तथा निरीक्षण गर्दा केही विक्री कक्षमा प्रष्टसँग आधिकारिक संस्थाको नाम उल्लेख नगरेको, विक्री मूल्य सबैले देख्नेगरी विक्री कक्षमा टाँस नगरेको पाइएको छ । अब उप्रान्त प्रष्टसँग नाम उल्लेख गर्ने र विक्री मूल्य देख्नेगरी टाँस गर्न सुझाइएको छ ।

सम्बन्धित खवर