एक्सनमा पुजा

एक्सनमा पुजा

लभ स्टोरी फिल्ममा सिमित राख्ने नायिका पुजा शर्मा यतिबेला आफ्नो कन्फोर्ट जोन भन्दा बाहिर हटेर एक्सन चलचित्र गरिरहेकी छिन् । केही समय ऐक्सन सिकेर पुजा यति बेला क्लाइमेक्स सुटिङ्गमा छिन् । काठमाडौको नैकापमा तयार पारिएको सेटमा चलचित्र एक्सन दृश्यको सुटिङ भैरहेको छ ।

ल्काइमेक्समा पुजा एक्सन लेडिको रुपमा देखिएकी छिन् । चलचित्र निर्माण टिमले चलचित्रको सुटिङ्ग सेटबाट सार्वजनिक गरेको तस्बिरमा एङ्ग्री लुक्समा पुजा देखिएकी हुन् । दुई हातमा बन्चरो लिएर प्रस्तुत भएकी पुजाको नया लुक्सले दर्शकको मनमा कौतुहलता पक्कै पैदा गरेको छ । श्री श्रेष्ठले चलचित्रको एक्सन निर्देशन गरिरहनु भएको छ । एक्सन लभस्टोरी चलचित्रमा पुजासंग डेब्यु नायक कुन्साङ्ग बोम्जनको मुख्य भुमिका रहेको छ।

रुपेश थापाको निर्देशनमा चलचित्र निर्माण भैरहेको छ । चलचित्रको टिजर चाडै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । अनुप गदाल र देव मगर निर्माता रहेको चलचित्रमा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा ररहेका छन् । हरि लामाको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगित कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
फिल्ममा
संजोग रानाको पटककथा तथा संवाद, अर्जुन पोखरेलको संगित , कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सम्बन्धित खवर