बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ
एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । एक युवतीले पोखरेल विरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
यसअघि साउन ५ गते पोखरेललाई हनिट्र्यापमा पारेको भन्दै अदालतले पोख्रेललाई पक्राउ गर्नुपर्ने कारण नभएको भनेर अन्तरिम आदेश जारी गरेको थियो । पोख्रेलले पटक पटक ती युवतीलाई बलत्कार गर्न खोजेको र आफुले न्याय माग्दा कतैबाट पनि सहयोग नभएको भन्दै पिडित किशोरीले सामाजिक सञ्जालबाट सहयोग मागेकी थिइन्  ।

सम्बन्धित खवर