कोशी सरकारमा शुन्यता, कामचलाउ सरकारको नेतृत्वमा हिक्मत कार्की

कोशी सरकारमा शुन्यता, कामचलाउ सरकारको नेतृत्वमा हिक्मत कार्की

सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेपछि कोशी प्रदेश सरकार शुन्यतामा पुगेको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमा नै थापा पदमुक्त भएका हुन् ।

थापाको नियुक्ती प्रकृया नै गलत भएको फैसलासंगै थापाले मुख्यमन्त्रीको फोटो समेत झुण्ड्याउन नपाउने भएका छन् । अदालतले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको छ । नयाँ सरकार गठन नहुन्जेलका लागि सरकारको नेतृत्व एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले गर्नेछन् ।

सम्बन्धित खवर