गत साउन ३ गते त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थल हुदैँ एक क्विन्टल सुन बाहिरिदै गर्दा पक्राउ प¥यो । सो सुनका बारेमा अनुसन्धान हुँदा मालिक फेला परे दोलखाका २१ वर्षीय दिलिप भुजेल ।
काठमाडौंको साखुमा चाउमिन बनाउने उद्योगमा काम गर्ने भुजेलको घर दोलखाको मोलुङ गाउपालिका १ बिसौनामा छ । घरको आर्थिक अवस्था दयनीय भएपछि भुजेल ६ महिना अघि मजदुरी गर्न काठमाडौं हानिएका हुन् ।
दिलिप एक क्विनटल सुनका मालिक हुन भन्दा पत्यार लाग्ने ठाउँ छैन् तर ब्रेक सुमा सुन राखेर अवैध कारोबार गर्ने कम्पनी उनै मजदुर दिलिपका नाममा दर्ता छ । अहिले घरमा आमा र श्रीमती दिलिपलाई भेट्न काठमाडौं आउने खर्च समेत नभएर अन्यौलमा छन् । दिलिपका बाबु राम बहादुर भुजेल काठमाडौं मै ज्यामी काम गर्छन् ।
हुने खाने र पहुँचवालाले निमुखा जनतालाई कसरी फसाइरहेका छन् भन्ने यो गतिलो उदाहरण हो ।