डेंगुको बिषादी छर्किने कार्य सम्पन्न

डेंगुको बिषादी छर्किने कार्य सम्पन्न

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा बढ्दो डेंगु रोगको प्रकोप नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नष्ट गर्न सामुहिक अभियान सञ्चालन भइरहेको छ ।

यसैगरी आइतबार वडा नं. ९ मा पनि मा सो अभियानलाई अघि बढाइएको छ । वडा नं। ९ मा स्थापित क्लबहरूसँग सहकार्य गरी वडामा डेंगुको बिषादी छर्किने कार्य सम्पन्न गरिएको छ । विशेषगरी सो कार्यलाई सहकार्य गरिदिने क्लबहरू पुलचौक युवा समूह, पिपल डाँडा सामुदायिक युवा क्लब, बुढासुब्बा हुर्रा क्लब, नव प्रतिभा सामाजिक क्लबले सो कार्यमा साथ दिएको वडा अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी वडामा स्थापित विद्यालयहरूमा विशेष प्राथमिकता दिएर ७ वटा विद्यालयहरुमा पनि विषादी उपलब्ध गरिएको वडा सचिव दीर्घराज रायले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: