बेला पानीको बोटलमा भेटियो फोहोर

बेला पानीको बोटलमा भेटियो फोहोर

उर्लाबारी, पुर्वी नेपालकै सवै भन्दा ठुलो पानी उत्पादक कम्पनी बेला पानी उद्योगको बोटलमा फोहोर भेटिएको छ ।

कोशी प्रदेशको अधिकाश जिल्लामा पानीको व्यापार गर्दै आएको झापाको कमल गाउपालिकामा उद्योग रहेको ‘बेला पानी उद्योग’ ले उत्पादन गरी बजारमा बिक्रिका लागि लगेको पानीको बोटलमा फोहोर भेटिएको हो ।

प्रसोधित पिउने पानी भनेर बजारमा विक्री गर्दै आएको उक्त पानीको बोटलमा फाहोर मिसिएको भेटिएपछि उपभोक्ताहरुले पानी उत्पादक कम्पनीले आम उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड गर्ने गरेको उर्लाबारी(३ का उपभोक्ता पिपल राज गिरी बताउनु हुन्छ ।

उद्योगले दैनिक जसो ८ हजार भन्दा बढी पानीको बोटल बजारमा २० रुपैयाका दरले सप्लाई गर्दै आएको छ । उद्योगबाट उत्पादित पानीको बोटलभित्र प्लास्टिकको टुक्रा जस्तो देखिने फोहोरका कणहरु भेटिए पछि पानी उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर लापरवाही गर्ने गरेको खुलासा भएको अर्का उपभोक्ता सुमन श्रेष्ठको भनाई छ ।

श्रेष्ठ भन्नुहुन्छ ‘पानी जस्तो सम्वेदनशिल पदार्थमा लापरवाही गर्ने कम्पनीलाई तत्काल अनुगमन गरी कार्वाही गरियोस।’ बजारमा पाईने बेला पानी बालबालिका, युवायुवती लगाएत अस्पतालमा विरामी परेर उपचार गरिरहेका उपभोक्ताहरुले समेत प्रयोग गर्दै आएका छन् । पछिल्लो समय पानीमा भेटिएको फोहोर पदार्थले पानीको गुणस्तरमाथी नै प्रश्न चिन्ह खडा गरेको छ ।

पानीको गुणस्तरमाथी आम उपभोक्ताले प्रश्न गरेपछि हामीले पानी उद्योगका एचआर म्यानेजर भविद्र भण्डारी सग जवाफ माग गर्दा भण्डारीले पानीको गुणस्तरमा कमी नभएपनि बोटल प्याकेजिङका क्रममा प्राविधिक त्रुटि भई बोटलमा फोहोर मिसिएको बताउनुभयो ।

भण्डारीले भन्नुभयो(‘हामी उपभोक्ताको स्वास्थ्य प्रति उत्तरदायि छौ, पानीको गुणस्तरमा कुनै कमजोरी छैन बोटल प्याकिङ गर्दा प्लाष्टिकको टुक्रा बोटलमा टासिएर पानी सगै रहेको हो हामी त्यसमा क्षमा चाहान्छौ ।’

करिव ५ वर्ष अघि देखी झापाको कमल गाउपालिकामा उद्योग स्थापना गरेर उत्पादन थालेको पानी उद्योगले आफ्नो उत्पादनलाई कोशी प्रदेशका ठुला शहर विराटनगर, धरान, ईटहरी, विर्तामोड, दमक, उर्लाबारी हुदै पहाडी जिल्ला ईलाम, पाचथर, धनकुटाको सदरमुकाम र मधेश प्रदेशको सप्तरी जिल्ला सम्म पुर्‍याउने गरेको छ ।

 

सम्बन्धित खवर