जग्गाको नापी कार्य सुरु

जग्गाको नापी कार्य सुरु

पथरी, माेरङकाे पथरीशनिश्चरे नगरपालिकामा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरुको प्रथम पटक नापी कार्य सुरु गरिएको छ ।

आज वडा नं. ८ मा पथरीशनिश्चरे नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा नापी कार्य अघि बढाइएको हो । वडा नम्बर ८ को ब्लक नम्बर २ मा नापी कार्य सुरुवात भएको हो ।

सो कार्यको उद्घाटन राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरेले गर्नुभएको थियो । यस्तै नगर प्रमुख मोहनप्रसाद तुम्वापाले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, आयोगको नगरस्थित स्रोत केन्द्रका प्रमुख ताराप्रसाद ढकाल, वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बू, शिवकुमारी बि.क., भूभि आयोगका सदस्य सचिव सुदिप श्रेष्ठ, सदस्य प्रेमराज भारती, प्राविधिकहरुको उपस्थिति रहेको थियो । सो कार्य सम्पन्न गर्न २५ दिन लगभग लाग्ने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर