सुनदह सहकारीको रकम ठगी आरोपमा भण्डारी, तामाङ र चौधरी कारागार चलान

सुनदह सहकारीको रकम ठगी आरोपमा भण्डारी, तामाङ र चौधरी कारागार चलान

पथरी, मोरङको पथरिशनिश्चरे ६ मा रहेको सुनदह सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा ३ जना कारागार चलान भएका छन् ।

संस्थाका अध्यक्ष लाल बहादुर (एल.बि.) भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्व चौधरी आज कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहकारी संस्था संचालनका नाममा बचतकर्ता तथा ऋणीहरूको लाखौं रुपैयाँबराबरको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएका थिए । सोही विषयमा प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धान गरेको थियो । ठगी आरोपीहरुलाई जिल्ला अदालत मोरङले आज करागार चलानकोआदेश दिएको हो।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले केही हप्ता अघि उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा अनुसन्धानगरिरहेको थियो ।

उनीहरू विरूद्ध शेयर सदस्य तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८०७ रुपैयाँ रकम हिनामिना गरेर सहकारी संस्था बन्द गरी बचत तथा शेयर रकम फिर्ता नगरेको भन्दै गत जेठ अन्तिम साता ईलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ताभएको थियो।

सम्बन्धित खवर