लेटाङ अटो दुर्घटनामा बालिका सहित टेम्पो चलकको निधन

लेटाङ अटो दुर्घटनामा बालिका सहित टेम्पो चलकको निधन

लेटाङ, मोरङको लेटाङ कानेपोखरी सडक अन्तरगत फाईरलाईनमा आज साँझ दुर्घटना हुदा २ जनाको निधन भएको छ ।

बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ चालकको घट्नास्थलमै र नाम नखुलेका गम्भीर घाइते भएकी ९ वर्षीय बालिकाको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको हो । गम्भीर घाईते अन्दाजी ४० बर्षिय महिलाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा कानेपोखरी ६ हनुमान चौकका टेम्पो चालक सागर तामाङ रहेको प्रहरीले बताएको छ भने बालिका र महिलाको नाम ठेगाना प्राप्त भएको छैन ।

लेटाङबाट कानेपोखरी जादै गरेको टेम्फोलाई बोलेरोले ठक्कर दिएर दुर्घटना भएको हो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ ।

फारलाईनमा आज बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।

सम्बन्धित खवर