दिपेश रोक्का, कानेपोखरी
मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा अध्यक्षको कार्य कक्षमा धानको थुप्रो राखिएको छ ।
कानेपोखरी ७ का अध्यक्ष मोहन प्रसाद अधिकारीको कार्यकक्षमा बिगत २ महिना देखि धानको पुथ्रो रहेको छ । “कृषकको माग अनुसारको धानको बीउ नआएपछि कृषकले बीउ धान लगेन्न अहिले मेरो कार्यकक्षमा थुप्रिएको छ अध्यक्ष अधिकारीले भने पालिकामा कृषि शाखालाई फिर्ता लान पटक पटक भन्दा पनि लगेका छैनन्, वडामा स्टोर गर्ने ठाउँ पनि छैन् ।”
नेपाल सरकारले नै कृषकले भने अनुरुपको धानको बीउ समायोजन नगरेको कारण यस्तो समस्या देखिएको कृषि शाखा प्रमुख रोजिना भट्टराईले बताइन् । स्टोरको अभावको कारणले गर्दा पनि यस्तो समस्या आएको भट्टराईको भनाइ छ । अबको केही दिन पछि यो समस्याको समाधान गर्ने भट्टराईले बताइन् ।





