उत्कृष्ट बहुउद्देशीय सहकारी सम्मान मेचीलाई

उत्कृष्ट बहुउद्देशीय सहकारी सम्मान मेचीलाई

१०१ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट बहुउद्देशीय सहकारीको रुपमा मेची बहुउद्देशीय सहकारी संस्था लि. सम्मानित भएको छ ।

आज कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी राजिस्ट्रार तथा प्रशिक्षण कार्याललय सुनसरीले बिराटनगरमा औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

‘आर्थिक वर्ष २०७९र८० मा यस कार्यालयलको नियमन क्षेत्रभित्रका विषयगत सहकारी सस्थाहरुमध्ये सस्थागत सुशासनका सुचकाङक्हरुका आधारमा मुल्यांकन हुँदा झापा जिल्ला दमक नगरपालिका वडा नं ६ स्थित मेची बहुउद्देशीय सहकारी सस्था लि. बहुउद्देशीय विधातर्फको उत्कृष्ट सस्थाको रुपमा छनौट हुन सफल भएको छ ।’ प्राप्त सम्मान पत्रमा लेखिएको छ ।

सो कार्यक्रममा सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी सस्था लि. बचत तथा ऋण सहकारी तर्फ उत्कृष्ट भएको छ ।

सम्बन्धित खवर