कोशीमा कार्की नेतृत्वको सरकार ढल्यो

कोशीमा कार्की नेतृत्वको सरकार ढल्यो

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको एमाले सरकार ढलेको छ ।

कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव फेल भएपछि मुख्यमन्त्री कार्कीको सरकार १७४ दिनमा ढलेको हो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभामा राखेको प्रस्ताबको पक्षमा ४६ मत मात्र प्राप्त भएको छ । विपक्षमा भने ४३ मत खसेको प्रदेश सभाका सभामुख बाबुराम गौतमले घोषणा गरे।

जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बु तटस्थ मत जाहेर गरेकी छन् । मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ प्रदेश सभा सदस्यले मत हालेका छन् । विपक्षमा भने काङ्ग्रेसका २९, माओवादीका १२ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्यले मत हालेका छन् । कोशी प्रदेश सभामा बहुमत पाउन ४७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ ।

बिहीबारदेखि सुरु भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको लागि प्रस्ताव दर्ता भएपछि छलफलकै क्रममा बैठक स्थगित भएपछि आज मत विभाजन भएको हो । विश्वासको मत नपाए पछि कार्की सरकारबाट बाहिरिरएका हुन् ।उनले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । गत पुस २४ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका कार्कीले पुस २५ गते मुख्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सम्बन्धित खवर