नगरमा खानेपानी तथा सरसफाई समिति वास अन्तरक्रिया कार्यक्रम

नगरमा खानेपानी तथा सरसफाई समिति वास अन्तरक्रिया कार्यक्रम

पथरी, पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाई समिति वास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

सहारा नेपाल विश्वास परियोजना अन्तर्गत मेयरमेडले आयोजना गरेको सो अन्तरक्रिया नगरपालिकाको सहयोगमा भएको हो । सो कार्यक्रमको सहजीकरण सहारा प्रोग्राम अफिसर गीता कार्कीले गर्नुभएको थियो । अन्तरक्रियामा नगर–उप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सुरक्षा निकायका प्रतिनिधि, खानेपानीको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, कार्यपालिका सदस्य कल्पना श्रेष्ठले आफ्ना कुरा राख्नुभएको थियो ।

अन्त्यमा नगर प्रमुख तुम्वापोको अध्यक्षतामा नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई समिति निर्माण गरिएको छ ।

सम्बन्धित खवर