आँखा तथा कान चाँजको उद्घाटन

आँखा तथा कान चाँजको उद्घाटन

पथरी, ‘हाम्रो सानो सर्तकता र सक्रियता, बच्चाको जीवनको सुरक्षता’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बालबालिकाको आँखा तथा कान चाँजको उद्घाटन गरिएको छ ।

आज वडा नं. १ मा स्थापित पञ्चायत माविका विद्यार्थीहरुको आँखा उपचार सुरुवात गरी उद्घाटन गरिएको हो । सो कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको उपस्थिति रहेको थियो । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो उपचार सेवा सुरु गरिएको हो ।

नगरका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन विद्यार्थीहरुको आँखा तथा कान जाँच सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित खवर