कानेपोखरीको बजेट ५५ करोड ९० लाख

कानेपोखरीको बजेट ५५ करोड ९० लाख

दिपेश रोक्का, कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक कार्यक्रम पारित गर्दै ५५ करोड बढीको बजेट ल्याएको छ ।

असार १० गते गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष भोला प्रसाद अधिकारीले ५५ करोड ९० लाख ४७ हजार ९ सय रुपैयाको बार्षिक बजेट प्रस्तुत गर्नुभयो ।

ससर्त, समपुरक र विषेश अनुदान २८ करोड ५२ लाख २५हजार र सामानिकरण, राजस्व, आन्तरीक श्रोत गरी २७ करोड ३८ लाख २२ हजार ९ सय रुपैया गरी ५५ करोड ९० लाख ४७ हजार ९ सय रुपैयाको बार्षिक बजेट प्रस्तुत भएको हो ।

गाउँसभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष राजमती इङ्नामले प्रस्तुत गर्नुभयो। सभाले १०५ बुुँदाको नीति तथा कार्यक्रम पारित गरेको हो । कृषि विकास, पशुपंक्षि विकास, सहकारी, उद्यम, सीप र रोजगार, शिक्षा, स्वास्थ्य, समावेशिता प्रवद्र्धन र सामाजिक सुरक्षा, खेलकुद, खानेपानी र सरसफाई, पूर्वधार विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्र र भूमि व्यवस्थापन जस्ता कार्यक्रमहरुको नीति तथा कार्यक्रमहरु प्रस्तु गरिएको हो ।

सम्बन्धित खवर