बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रम

बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रम

पथरी, मोरङको पथरी शनिश्चरेमा बाल क्लब, बाल सञ्जालका लागि बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले गर्नुभएको थियो ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा वडा नं. १, २, ३, ७ र १० का बाल क्लब÷बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सो कार्यक्रम सञ्चालन एवं सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र सृजना भट्टराईले गरिरहनुभएको छ । यस्तै स्वास्थ्य शाखा सह–संयोजक एकराज खत्री, नगर बाल सञ्जाल अध्यक्ष मुरारी खनाल अथिति रहनुभएको थियो ।

यस्तै सहजकर्ताहरु सम्झना बर्देवा, मनिता थापा, वर्षा मण्डल, अपाङ्गता सहायता कक्षका देवीमाया ढकालको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर