धिमाल जातिय बिकास केन्द्रले पोखरीमा गर्यो सरसफाई

धिमाल जातिय बिकास केन्द्रले पोखरीमा गर्यो सरसफाई

दिपेश रोक्का, कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिका स्थित ऐतिहासिक स्थल कानेपोखरी सरसफाइ गरिएको छ । धिमाल जातिय बिकास केन्द्र कानेपोखरीको आयोजनामा बिहीवार पोखरी वरीपरी सरसफाइ कार्यक्रम भएको धिमाल जातीय बिकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकाश धिमालले बताउनुभयो ।

कानेपोखरीमा विभिन्न ठाउँबाट पर्यटकहरू घुम्न आउने गर्द्छन । फोहोर मैलाले गर्दा पोखरी वरिपरि राम्रो देखीएको थिएन ।फोहोर मैलाको कारण वातावरणमा पनि नकारात्मक असर पर्ने भएकाले हामिले सरसफाइ कार्यक्रमको आयोजना गरेका हौँ धिमालले भन्नुभयो अव आउने दिनहरूमा हामी कसैले पनि जथाभावी फोहोर नफाल्न आवहान गर्दछु ।

सम्बन्धित खवर