दिपेश रोक्का, कानेपोखरी
बालक्लवले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ मा रहेको उज्ज्वल भविष्य बाल क्लवले क्यान्सर पीडित पबित्रा माझीलाई २ लाख १९ हजार ५७० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
माझी बिगत लामो समय देखि क्यान्सर पीडित हुनुहुन्छ ।आर्थिक स्थिति कमजोर भएपछि माझीले औषधि उपचार गर्न पाउनु भएको थिएन। उपचारको क्रमलाई अगाडि बढाउन बाल क्लबले सहयोग गरेको सचिव उपेन्द्र पौडेलले बताउनुभयो ।
बाल क्लवले माझीको उपचारका लागि आर्थिक संकलन गरेको थियो । क्लवलाई देश तथा विदेशमा हुने सहयोगी दाताहरूले रकम पठाएपछि तीन चरणमा गरेर माझीलाई सहयोग गरेको हो । क्लवका संरक्षक नविन श्रेष्ठका अनुसार क्लवले पहिलो चरणमा २४ हजार, दोस्रो चरणमा ७७ हजार ८२० र तेस्रो चरणमा १ लाख १७ हजार ७५० गरी जम्मा २ लाख १९ हजार ५७० रुपैँया सहयोग गरेको हो ।