तेक्वान्दोमा भविष्य खोज्दै उमेश

तेक्वान्दोमा भविष्य खोज्दै उमेश

सबैको आ–आफ्नो सपना हुन्छ । उमेश कुमार मोक्तानको सपना चाहीं खेलकुदमा लागेर केही गर्छु भन्ने थियो । उनको जन्म तेह्रथुम जिल्ला चुहानडाँडा हाल बसोबास ललितपुर नखिपोटमा रहेको छ । शेरबहादुर तामाङ र श्रीमाया तामाङको कान्छो सन्तान उमेश कुमार सानैबाट नै खेलकुदमा विषेश रुचि राख्दथे ।

नेपाली खेलकुदको जगतमा चिर परिचित तेक्वान्दोका राष्ट्रिय खेलाडी उमेशकुमार ब्लाकबेल्ट टुडन प्राप्त खेलाडी हुन् । स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुलाई तेक्वान्दो खेलबारे निरन्तर प्रशिक्षण दिइरहेका छन् । आत्मरक्षाको बारेमा साथै स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दैै उनीसंग राष्ट्रपति रनिङ सिल्ड दोस्रो तथा तेस्रोमा भाग लिएको अनुभव छ ।

तेक्वान्दो खेलका प्रख्यात खेलाडी दिपक विष्टसंग पनि तेक्वान्दोको बारेमा विषेश प्रशिक्षण लिएका उमेश खेलकदमा इमान्दारिताका साथ लाग्ने हो भनें भविष्य उज्वल रहेको बताउँछन् ।

हाल विभिन्न विद्यार्थीहरुलाई तेक्वान्दो बारेमा प्रशिक्षण दिइरहेका उमेश खेलकुदबाट आफ्नो सानैदेखिको ईच्छा चाहना पूरा भएको र आम्दानी समेत भएकोले आत्म सन्तुष्टि मिलेको बताउँछन् । अहिलेको समयमा विशेषगरी छोरीचेलीहरुले तेक्वान्दो खेलको बारेमा प्रशिक्षण लिएर आफ्नो आत्मरक्षा र मनोबल बढाउन जरुरी रहेको उनी सुझाउँछन् । उनी स्वास्थ्यले साथ दिएसम्म निरन्तर तेक्वान्दो खेललाई नै आफ्नो कर्म बनाउने विचारमा छन् ।

सम्बन्धित खवर