नेविसंघले दियो आगलागी पिडितलाई राहत

नेविसंघले दियो आगलागी पिडितलाई राहत

कानेपोखरी, गत जेठ २६ गते मोरङको कानेपोखरि गाउँपालिका स्थित वार्ड नं ३ हरकपुरमा भएको आगलागी पिडित गणेश चौधरीलाई राहात प्रदान गरिएको छ ।

नेपाल विद्यार्थी संघ रमाइलो क्याम्पस र नेपाल महिला संघ कानेपोखरीले आइतबार राहात सामाग्री प्रदान गरेको हो । नेपाल विद्यार्थी संघ रमाइलो क्याम्पसका सभापति दिपेश रोक्का र नेपाल महिला संघ कानेपोखरीकी कोपिला कार्कीले चामल, दाल, नुन, साबुन लगायतका खाद्यान्न सामान गरी तीन हजार बराबरको राहत प्रदान गरेको रोक्काले जानकारी दिए ।

टिनको छाना भएको भान्सा घरमा बिधुत सर्ट भएर आगलागि हुदा घरमा भएको खाद्यान्न लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित चौधरीले बताए ।

सम्बन्धित खवर