रास्वपाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज वृक्षारोपण गरियो

रास्वपाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज वृक्षारोपण गरियो

पथरी, राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आजबाट सुरुभएको छ । आज पहिलो दिन वृक्षारोपण कार्यक्रम तय गरिएको थियो ।

सोही अनुसार मोरङ पथरीशनिश्चरेमा पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । पथरीशनिश्चरे १ मा रहेको मनकामना सामुदायिक वनको कटुसे खाजाघर आसपासमा अम्बक, अमला, बडहर लगायतका करिब ५० वटा बिरुवा रोपिएको हो ।

वृक्षारोपण कार्यक्रम पथरीशनिश्चरे वडा नं. १ का अध्यक्ष भिम कुमार राईले अमलाको बिरुवा रोपेर उद्घाटन गर्नुभयो । आफु पार्टीको भन्दा पनि हाल सम्पूर्ण वडावासी भएको नाताले सकारात्मक रुपमा गरिने सबै कार्यक्रममा सहभागिता जनाउने भन्दै अध्यक्ष राईले स्वतस्फुर्त रुपमा वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएको बताउनुभयो ।

 

सम्बन्धित खवर