अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिने नायव सुब्बा पक्राउ परेका छन् । सप्तरीको राजबिराज ११ का ३० वर्षीय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत छन् ।
पक्राउ परेका यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा राजबिराज ११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए ।
सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।