पथरी, पथरी शनिश्चरेमा साईबर अपराध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ ।
पथरी शनिश्चरे १ मा रहेको सुनाखरी माध्यमिक विद्यालयमा सो कार्यक्रम भएको हो । त्रिवेणी युवा क्लब पथरीको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरका प्रमुख मोहनप्रसाद तुम्वापो, अतिथि इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी, विद्यालयका प्रधानध्यापक नरेन्द्र घिसिग लगायत रहनुभएको थियो ।
सो कार्यक्रममा सहजीकरण नगरका कानुनी सल्लाहकार दिपक कुमार राईले गरिरहनुभएको छ । नगरको सहयोगमा भएको यस कार्यक्रम नगरका १० वटै वडामा हुने आयोजकले जनाएको छ ।