राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान गंगालाल हस्पिटलमा फ्लोअपको लागि अस्पताल भर्ना भएका छन् छन् ।
राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।
यता, शेर बहादुर देउवा, पत्नी आरजु राणा सहित सिंगापुर जाने तयारीमा छन् । पेट सम्बन्धी समस्या भएपछि सामान्य चेकजाँचका लागि आजै देउवा सिंगापुर जाने कार्यक्रम छ । उनिहरू एक हप्ता पछि स्वदेश फर्किने सचिवालयले ज नाएको छ ।
आजै प्रधान मन्त्री पुष्पकमल दाहालले पनि आफ्नो पूर्ण स्वास्थ्य जाँच गराएका छन् । पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पनि अस्पताल पुगेका थिए। अस्पताल पुगेका बेला चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो पनि पूर्ण स्वास्थ्य परीक्षण गराएका हुन्। जाँच रिपोर्ट अनुसार प्रम दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।