वडासचिवहरू आन्दोलित

वडासचिवहरू आन्दोलित

मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडा सचिवमाथि दुव्र्यवहार गर्नेलाई कारवाही नभएको भन्दै वडासचिवहरु आन्दोलित भएका छन् ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडा सचिव डिकबहादुर भण्डारीमाथि सेवाग्राही भएर आएका व्यक्तिले हातपात गरेको घटनाका दोषिलाई हालसम्म कुनै कारवाही नभएको भन्दै वडासचिवहरु आन्दोलित भएका हुन् ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडासचिव डिकबहादुर भण्डारीमाथि आइतबार सेवाग्राही भएर आएका सुन्दरहरैंचा ९ बस्ने भिषण थापाले वडाध्यक्षको कार्यकक्षमै वडाध्यक्षकै सामुन्ने हातपात गरि दुव्र्यवहार गरेका थिए । सोही घटनामा संलग्नलाई कारवाहीको माग गरेका कर्मचारीको माग पुरा नभएपछि उनीहरु आन्दोलित भएका हुन् । अविवाहित प्रमाणित गर्न आएका स्थानीय भिषण थापालाई वडाध्यक्षले यो काम वडा सविचले गर्ने हो भनेर भनिदिएपछि उनीहरुले वडासचिव माथि दूव्र्यवहार गरेको पाइएको छ ।

पछि अविवाहित प्रमाणित गर्ने काम वडासचिवको नभइ वडाध्यक्षकै भएको बुझेपछि सचिव माथि दूव्र्यवहार गर्ने थापाले वडासचिवसँग माफि समेत मागेका थिए ।

सम्बन्धित खवर