दुर्गा माविका अटेरी शिक्षक

दुर्गा माविका अटेरी शिक्षक

उर्लाबारी, मोरङको उर्लाबारी ३ चन्दनेमा रहेको दुर्गा माध्यमिक विद्यालयका शिक्षकहरु अटेरी देखिएका छन् । उनिहरुले अटेर गरेर आफ्ना सवारी साधन विद्यालयको बरण्डामा नै पार्किङ गर्ने गरेका छन् ।

कक्षा १ देखी कक्षा १२ सम्मको अध्ययन हुने यस विद्यालयमा अध्ययन गराउने शिक्षक, शिक्षिका र कर्मचारीले प्रयोग गर्दै आएका मोटरसाईकल, स्कुटर र साईकल लगायतका सवारी साधन बालबच्चा हिडडुल गर्ने बरण्डामा राख्दा ठोक्किएर चोटपटक लाग्ने सक्ने अभिभावकले बताए ।

ति अभिभावकका अनुसार विद्यालय प्रशासनलाई पटकपटक व्यवस्थित पार्कीङ गर्न सुझाव दिए पनि प्रशासनले आलेटाले गर्दै अटेरी गर्ने गरेको उनले बताए ।

यता अव्यवस्थित पार्किङका बारेमा विद्यालयकी प्रधानाध्यपक शारदा पाण्डे भन्नुहुन्छ (‘अत्यधिक गर्मी भएका कारण साथीहरुले त्यहाँ छेउमा राख्ने गर्नु भएको थियो, अव हामी हटाउछौ।’

सो विद्यालयमा अधिकांश ज्याला मजदुरी गरी जिविको पार्जन गर्दै आएका स्थानिय अभिभावकका छोराछोरी पढ्ने गर्दछन् ।

सम्बन्धित खवर