गाउँपालिकामा ताला, वडाध्यक्षले दिए राजिनामा

गाउँपालिकामा ताला, वडाध्यक्षले दिए राजिनामा

कानेपोखरी गाउँपालिकाको कार्यलय भवन सार्ने निर्णयका विरुद्ध जनताले कानेपोखरी गाउँपालिकाकीअध्यक्ष राजमती इङनामको कार्यकक्षमा ताला लगाएका छन् ।

ताला लगाउदै नेकपा एमालेबाट निर्वाचित वडा नं. ६ का वडाध्यक्ष खड्ग बहादुर बस्नेतले पार्टीको जिम्मेवारीबाट राजिनामा समेत दिएको बताए । कानेपोखरी गाउँपालिकाले बैशाख १७ गतेको १३ औं गाउँ सभाबाट दुई तिहाई बहुमतका साथ नगरको भवन वडा नं. ५ भैसावारी सार्ने निर्णय गरेको थियो ।

कानेपोखरी वडा नं. ६ बाट केन्द्र सार्दा समग्र कानेपोखरीवासीको हित नहुने भन्दै युवा संघ पुर्व जिल्ला अध्यक्ष नविन पौडेल लगायत नेकपा एमालेका नेता र कार्यकर्ताले सामुहिक राजिनामा दिएको घोषणा गरेका छन् ।

एमालेको बहुमत रहेको गाउँपालिकामा एमाले निकटका नेता र कार्यकर्ताको अगुवाईमा जनताले ताला लगाएका हुन् । पालिकाले संघीय सरकारले गरेको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न काठमाडौंसम्म गएको कारण, सरुवाभै आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिनुको कारण, जग्गा खरिदमा आशंका भएको र छानविन हुनु पर्ने माग सहित जनताले ताला लगाएका हुन् ।

गाउँपालिकाको भवन बनाउन वडा नम्वर ५ मा १ विघा क्षेत्रफल जग्गा खरिद गरेको छ । हाल गाउँपालिकाको भवन वडा नं. ६ मा संचालन हुदै आएको छ । नेकपा एमाले गाउँपालिका अध्यक्ष तथा पालिका प्रबत्ता शुसिल बुढाथोकीले कानेपोखरीबासीको पहुचका लागि मापदण्ड पुरा गरि गरिएको निर्णयमा आत्मा साथ गर्न अनुरोध गर्दै विज्ञप्ती निकालेका छन् ।

सम्बन्धित खवर