बाल साहित्य महोत्सव हुने

बाल साहित्य महोत्सव हुने

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा बाल साहित्य महोत्सव २०८० को आयोजना हुने भएको छ । कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा यही बैशाख २४ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव लाग्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

महोत्सव पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । नगरपालिकाको मुख्य सहयोगमा सो महोत्सव आयोजना हुने कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिए ।

सो महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरु रहने बताइएको छ । बाल साहित्य महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।

झाकी सहितको उद्घाटन कार्यक्रम नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा हुनेछ भने उद्घाटन समारोहमा पथरीशनिश्चरेमा रहेर कला साहित्यमा योगदान पु¥याउनुहुने प्राज्ञ सरोजा खड्कीलाई नगद २५ हजार सहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको अन्तिम दिन कार्यशालामा सहभागीहरुका उत्कृष्ट कलाहरुको प्रर्दशनी पनि गरिनेछ ।

समितिका सचिव सरोज तिम्सिनाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अमिर राई र रंगकर्मी एवं नाटक कार्यशालाका संयोजक जीवन बरालले महोत्सवका बारेमा प्रष्ट्याएका थिए ।

सम्बन्धित खवर