नेविसंघको ४५ औँ स्थापना दिवश

नेविसंघको ४५ औँ स्थापना दिवश

कानेपोखरी, मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले आज आफ्नो ५४ औँ स्थापना दिवसमा जेन्सी हस्तान्तरण कार्यक्रम गरेर मनाएको छ ।

कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेस महाधिवेसन प्रतिनिधि देबेन्द्र थापाले गरेका थिए । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य देबेन्द्र लुइँटेलले नेबिसंघ इकाई समितिलाई १० थान पङ्खा हस्तान्तरण गरेका हुन् । नेबिसंघ रमाइलो बहुमुखीका इकाई सभापति दिपेश रोक्काले रमाइलो बहुमुखी क्याम्पसका प्राचार्य टिकाराम खरेललाई फङ्खा हस्तान्तरण गरे ।

कार्यक्रममा विभिन्न संघसंगठनका ब्याक्ती तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसमा कुनैबेला नेता उत्पादन गर्ने कारखानाका रुपमा नेविसंघ परिचित थियो । नेपाली काङ्ग्रेसको भातृसंगठन नेबिसंघको स्थापना २०२७ बैशाख ६ गते भएको हो । नेविसंघका संस्थापक सभापति विपीन कोइराला हुन् भने हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा नेविसंघको दोस्रो सभापति हुन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: