आगलागी पिडितलाई नेविसंघको सहयाेग

आगलागी पिडितलाई नेविसंघको सहयाेग

कानेपोखरी, नेपाल विद्यार्थी संघ रमाइलो बहुमुखी क्याम्पस इकाइ समितीले राहात सामग्री बितरण गरेको छ।

मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा न १ होकलाबारी बिसनपुरमा चैत २३ गते अचानक चन्द्र कमर्माकार र राजेश हेमरमकाे घरमा आगलागी भएकाे थियाे ।

आगलागीबाट घरको सम्पुर्ण सामानमा क्षति भएको थियो । चन्द्र कर्माकारका अनुसार आगलागि हुदा आफू घरमा नभएको र खबर सुनेर आफू आइपुग्दा सामानहरू पुर्ण रुपमा क्षति भएकाे हाे ।

आगलागी पिडितलाई नेबि संघ रमाइलो बहुमुखी क्याम्पसको इकाई सभापति दिपेश रोक्का निवर्तमान सभापति मनोज कार्की तथा इकाई समितीका सदस्यहरूले खाधन्न्न सामानहरू बितरण गरेका हुन् । राहत बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य देबेन्द्र लुइँटेल र कानेपोखरी गाउँपालिका वडा न १ का अध्यक्ष रत्न बहादुर कार्की तथा नेबि संघ रमाइलो बहुमुखी क्याम्पसको इकाई समिती सदस्यहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर