पञ्चायत माविमा एक्जाम बुस्टअप कार्यक्रम सम्पन्न, शौनक भट्टको विशेष प्रस्तुती

पञ्चायत माविमा एक्जाम बुस्टअप कार्यक्रम सम्पन्न, शौनक भट्टको विशेष प्रस्तुती

मोरङ पथरीशनिश्चरेमा शैक्षिक हवका रुपमा स्थापित नमुना सामुदायिक विद्यालय, पञ्चायत माध्यमिक विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै परीक्षा र करियर लक्षित उत्पे्ररणा कार्यक्रम आयोजना गरेको छ । विद्यालयले मोटिभेसनल स्पीकर सौनक भट्टलाई प्रमुख वक्ताको रुपमा प्रस्तुत गरेको थियो ।

पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । मोटिभेसनल स्पीकर भट्टद्वारा सो कार्यक्रममा विद्यार्थीहरु माझ प्राक्टिल र प्रश्नोत्तर शैलिमा उर्जा प्रदान गरेका थिए ।

विद्यार्थीहरुमा सकारात्मक सोच, सहयोगात्मक व्यवहार, मानसिक स्वास्थ्य र पठनपाठनमा थप उर्जा प्रदान गर्ने तथा आम अभिभावकमा आफ्ना बच्चाहरुप्रति अभिभावकीय दायित्व वहन गर्ने विषयमा सो कार्यक्रमले सहजिकरण गर्ने उद्धेश्यका साथ सो कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्राचार्य बुद्धीनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थी प्रविण विश्वकर्मा र सिभिल इन्जिनियर समूहका अरुण लिम्बुलाई सम्मान गरिएको थियो ।
आगामी बैशाख २६ गतेदेखि संचालन हुन गैरहेको कक्षा -१२ को परीक्षालाई मध्यजर गरी विद्यार्थीप्रति स्वअध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको भन्दै विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले कार्यक्रमको औचित्य प्रस्ट पार्नुभयो ।

सम्बन्धित खवर