सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्रा.डा. गोबिन्दराज भट्टराईलाई प्रदान

सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्रा.डा. गोबिन्दराज भट्टराईलाई प्रदान

पथरी, यसवर्षको (चन्द्रमान) “सि.एम. कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान–२०७९” प्राध्यापक डाक्टर गोबिन्दराज भट्टराईलाई प्रदान गरिएको छ ।

आज एभरेष्ट मावि पथरीको सभाहलमा औपचारिक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ताम्रपत्र र दोसल्ला ओडाएर रु. एक लाख एक हजार रकमको सो सम्मान भट्टराईलाई प्रदान गर्नुभयो ।

नेपाली साहित्य क्षेत्रमा अनुवादक, लेखक, भूमिका लेखन, उपन्यासकार, निबन्धकारका रुपमा भट्टराईले योगदान पु¥याउनुभएको छ । भट्टराईको “मुगलान” उपन्यास सबैभन्दा बढि चर्चित उपन्यास हो । मुगलानले भट्टराईलाई नेपालमा मात्रै नभएर विश्व साहित्यमा पनि चिनाएको छ । नेपाली र अंग्रेजी भाषामा उहाँको राम्रो दख्खल रहेको छ ।

यस्तै, रु. ५१ हजार नगद सहितको “सि.एम. कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७९” संगीतकार अनिल फागोलाई प्रदान गरिएको छ । फागोले पूर्वी नेपालको बिर्तामोड, दमक, उर्लाबारी, पथरी लगायतका क्षेत्रमा रहेर लामो समय देखि संगीत क्षेत्रमा योगदान पु¥याउदै आउनुभएको छ ।

यसवर्षबाट थप गरिएको रु. ११ हजार रुपैँया राशीको “सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान–२०७९” बाट स्थानीय पत्रकार अर्जुन जम्नेली राईलाई सम्मान गरिएको छ । दुई दशक देखि पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा राईको योगदान रहेको छ ।
सिएम (चन्द्रमान) कन्दङ्वा लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहनुभएको थियो । शिक्षण पेसामा रहेकै बेलादेखि नै माक्सवादी राजनीतिमा होमिनुभएको थियो । पूर्वी नेपालमा संस्थागत विद्यालय स्थापना गर्नेदेखि सहित्यमा कलम चलाउनेसम्मका काम कन्दङ्वाले गर्नुभएको थियो ।

वि.सं. १९८१ मा दार्जिलिङमा जन्मिनुभएका कन्दङ्वाका ३ वटा उपन्यास र २ वटा कथासंग्रह समेत प्रकासित रहेका छन् । कन्दङ्वा ६ वटा भाषाका ज्ञाता समेत रहनुभएको थियो । स्व। कन्दङ्वाको स्मृतिमा २०७५ सालमा सि।एम। कन्दङ्वा स्मृति कोषको स्थापना गरी वार्षिक रुपमा सम्मान गर्दै आएको कोषका अध्यक्ष डा। रामनारायण कन्दङ्वाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: