बुद्धिचालको उपाधि बद्रीलाललाई

बुद्धिचालको उपाधि बद्रीलाललाई

सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जित्नुभएको छ । तीन पटकका नेपाल च्याम्पियन नेपालीले उपाधिसँगै ५१ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

मोरङको पथरीशनिश्चरे नगरस्थित फ्रेण्डसिप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा काभ्रेका खोमप्रसाद तिम्सिनाले दोस्रो हुँदै ३५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा झापाका प्रकाशचन्द्र नेपाल तेस्रो हुनुभयो । नेपालले २५ हजार र चौथो हुने पुकार राईलाई २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै पाँचौँ हुनुभएका नवीन तुण्डकारले १५ हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा १५ओं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, भोजपुर, रौतहट, काठमाडौं, काभ्रे, लमजुङ, रुपन्देही, इलाम जिल्ला गरी एक सय १० खेलाडीको सहभागिता रहेको थियो । विजेतालाई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

सम्बन्धित खवर