ओली प्रहरी नियन्त्रणमा

ओली प्रहरी नियन्त्रणमा

ग्राहक र स्थानीयको करोडौं रकम ठगेर फरार भएका उर्लाबारीका ब्यापारी बिनोद ओली प्रहरीको सम्पर्कमा आएका छन्।

उनलाई कसैले उर्लाबारी प्रहरी कार्यालयमा ल्याएर छोडिदिएको समाचार स्रोतले बताएको हो।

उर्लाबारी–७ स्थित बरगाछी घर भइ सोहि ठाउँमा हार्डवयेर पसल संचालन गर्दै आएका विनोद ओली एक महिनादेखि सम्पर्कविहीन बनेका थिए।

चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने, स्थानीयबासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौं कुम्ल्याएर ओली सम्पर्क बिहिन भएका थिए। उनले ठगी गरेको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो।

३५ जना बढीले आफू पीडित भएको भन्दै गुनासो गरेका छन्। विनोद ओलीबाट ठगिएको भन्दै आउनेको संख्या ठूलो छ। यस बिषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले ओली प्रक्राउ परेको बिषयमा अनबिज्ञता प्रकट गरे। उनले भने, खोई यो बिषयमा हामीलाई केहि थाहा छैन।

सम्बन्धित खवर