नगरले ग¥यो एसईई परीक्षाको अनुगमन

नगरले ग¥यो एसईई परीक्षाको अनुगमन

पथरी, राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को पथरीशनिश्चरे नगरपालिकाले आज अनुगमन गरेको छ ।

नगरपालिका भित्र रहेको परीक्षा केन्द्रहरु वडा नं. ५ को अमरसिंह माध्यमिक विद्यालय, वडा नं. ८ को बुद्ध मावि, वडा नं. ४ को भागिरथ मावि र वडा नं. ९ को सिंहवाहिनी माविमा अनुगमन कार्य गरिएको हो ।

अनुगमनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, शिक्षा शाखा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन खुलाल, वडा नं. ८ का वडाध्यक्ष तथा प्रवक्ता नविन कार्कीको सहभागिता रहेको थियो ।

पथरीशनिश्चरे नगरपालिकामा एसईई परीक्षामा छात्रा ६ सय २२ र छात्र ६४२ गरी जम्मा १२ सय ६४ जना सामेल रहेका छन् । हालसम्म नगरमा स्वच्छ मर्यादित तरिकाले परीक्षा सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर