जगन्नाथ पौडेलको समर्थन रविलाई

जगन्नाथ पौडेलको समर्थन रविलाई

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेलले रवि लामिछानेलाई समर्थन गरेका छन् ।

पौडेलले मनोनयन दर्ता गर्ने दिन हिजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविलाइ समर्थन जनाएका हुन् ।

चितवन क्षेत्र नं २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि २४ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

निर्वाचन कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राजनीतिक दलबाट १२ जना र स्वतन्त्ररूपमा १२ जनाले उमेदवारी दर्ता गराएका हुन् । जसमध्ये स्वतन्त्ररुपमा उमेदवारी दिने दुई जना महिला छन् ।

सम्बन्धित खवर