सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्रा.डा. गोबिन्दराज भट्टराईलाई दिइने

सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्रा.डा. गोबिन्दराज भट्टराईलाई दिइने

(रासस)

यसवर्षको सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान २०७९ प्राध्यापक डाक्टर गोबिन्दराज भट्टराईलाई दिइने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सो सम्मान प्रदान गर्ने तयारी रहेको कोष संरक्षक रविन कन्दङ्वाले जानकारी दिनुभयो । चैत २९ गते मोरङ पथरीमा औपचारिक कार्यक्रमको आयोजना गरि रु. एक लाख एक हजार बराबर रकमको सो सम्मान प्रा.डा. भट्टराईलाई प्रदान गरिने भएको हो ।

यससंगै रु. ५१ हजार राशीको सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान २०७९ संगीत क्षेत्रमा योगदान पु¥याउदै आउनुभएका अनिल फागोलाई प्रदान गरिने भएको छ ।

यसवर्षबाट थप गरिएको रु. ११ हजार रुपैँया राशीको सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान २०७९ बाट स्थानीय पत्रकार अर्जुन जम्नेली राईलाई सम्मान गर्ने तयारी रहेको संरक्षक कन्दङ्वाले जानकारी दिनुभयो ।

सिएम (चन्द्रमान) कन्दङ्वा लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहनुभएको थियो । शिक्षण पेसामा रहेकै बेलादेखि नै मार्क्सवादी राजनीतिमा होमिनुभएको थियो । पूर्वी नेपालमा संस्थागत विद्यालय स्थापना गर्नेदेखि सहित्यमा कलम चलाउनेसम्मका काम कन्दङ्वाले गर्नुभएको थियो ।

वि.सं. १९८१ मा दार्जिलिङमा जन्मिनुभएका कन्दङ्वाका ३ वटा उपन्यास र २ वटा कथासंग्रह समेत प्रकासित रहेका छन् । कन्दङ्वा ६ वटा भाषाका ज्ञाता समेत रहनुभएको थियो । कन्दङ्वाको वि.सं. २०६२ फागुन २५ गते निधन भएको हो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: