नेपालीलाई शरणार्थी बनाएर ठगेको आरोपमा पथरीका केशव दुलाल पक्राउ

नेपालीलाई शरणार्थी बनाएर ठगेको आरोपमा पथरीका केशव दुलाल पक्राउ

काठमाडौँ, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा केशव दुलाल पक्राउ परेका छन् । दुलाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मोरङ पथरीशनिश्चरे १० का दुलालले मोरङको शनिश्चरे सिविर र झापाको बेलडाँगी सिविरका शरणार्थीको नाममा आवश्यक कागजात बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ असुलेको हो । गिरोहले जनही १० देखि ४० लाखसम्म असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

दुलाल यस मुद्दाका मुख्य नाइके मानिएको छ । दुलाल सहितको गिरोहलाई पक्राउ गर्न ८१ जनाले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ आइतबार साँझ पक्राउ परेका हुन् । गिरोहमा सहभागी अन्य खोजी भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

पक्राउ परेका दुलाल सुजाता कोइराला परराष्ट्र मन्त्री हुदा स्वकीय सचिव थिए । सोही राजनीतिक आडमा दुलालले गिरोह चलाइरहेको भन्दै यसअघि पनि पक्राउ परेका थिए तर आवश्यक प्रमाण नभएको भन्दै तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडको दवावमा दुलाल छुटेका हुन् । यसरी हेर्दा दुलाल मात्रै नभएर यो गिरोह चलाउने ठुलै राजनीतिक व्यक्ति रहेको बुझिन्छ ।

सम्बन्धित खवर