पाथीभरा दर्शन गरेर फर्किदै गर्दा गौतमको मृत्यु

पाथीभरा दर्शन गरेर फर्किदै गर्दा गौतमको मृत्यु

ताप्लेजुङ, पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलवार माथील्लो फेदीमा एक महिलाको मृत्यु भएको छ । विर्तामोड २ चारपाने झापाकी ४७ वर्षीय शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नन्द, भाञ्जा र अरु तीनजना साथीसँगै पाथीभरा दर्शन गर्न आएकी उनी सोमवार विहान मन्दिर पुगेर वेलुका माथील्लो फेदी बास बसेकी थिइन् । ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी विहान शौचालय गएकी थिइन् ।

लामो समय नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटिएकी थिइन् । स्थानीय स्वास्थ्यकर्मी उमानाथ पौडेलले स्वास्थ्य परिक्षण गर्दा गौतमको मृत्यु भइसकेको पाइएको थियो ।

स्वास्थ्यकर्मी पौडेलले चिसोको असर हुनसक्ने बताउनुभयो । सोमवारदेखिको वर्षाले पाथीभरा क्षेत्रमा हिमपात भएको छ भने चिसो अधिक बढेको छ । घटनास्थलको आवश्यक प्रकृया पुरा गरि शब आफन्तलाई बुझाइएको छ ।

सम्बन्धित खवर