उर्लाबारी बहुमुखीमा ५ दलिय गठबन्धन “क्लिन स्विप”, नेविसंघको प्यानल नै बिजयी

उर्लाबारी बहुमुखीमा ५ दलिय गठबन्धन “क्लिन स्विप”, नेविसंघको प्यानल नै बिजयी

उर्लाबारी, मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा ५ दलीय गठबन्धनलाई क्लिन स्विप गर्दै स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

नेविसंघले ५ वटा विद्यार्थी संगठनको सयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै उर्लाबारीमा इतिहास रचेको हो । हिजो सम्पन्न स्ववियु निर्वाचनमा कुल १ हजार ३ सय ५९ मत मध्ये नौ सय ९० मत खसेको थियो । जसमा नेविसंघबाट उम्मेदवार रहेका विवेक कार्कीले ६ सय ५१ मत पाए । अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनकी साझा उम्मेदवार प्रिती दहालले ३ सय २५ मत मात्रै पाइन् ।

उर्लाबारी बहुमुखीमा स्थापना कालदेखी नै एकछत्र नेतृत्व गर्दै आएको नेकपा एमाले निकट विद्यार्थी संघले यस पटक पनि नेतृत्व हत्याउने दाउमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रितीदहाललाई उम्मेदवार बनाएको थियो । तर यसपटक भने नेविसंघले उर्लाबारी क्याम्पसमा ईतिहास रच्दै आफ्नो प्यानल नै विजयी गराएको छ ।

यस्तै पदाधिकारी सचिव तर्फ नेविसंघका उम्मेदवार देवेन्द्र पौडेलले ५ सय ९५ प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका थानेश्वरअधिकारीले ३ सय ७० मत पाए । कोषाध्यक्षमा नेविसंघका भुवन श्रेष्ठले ५ सय ७५ मत प्राप्त गर्दा संयुक्त विद्यार्थीसंगठनका भिम बहादुर मंग्रान्तीले ३ सय ७५ मत पाए ।

यस्तै प्रत्यक्ष तर्फको सदस्यमा नेविसंघका उम्मेदवार सुजन शंकरले ५ सय ६२, दिपेश चौधरीले ५ सय ४७, अञ्जना न्यौपानेले ५ सय ५५, सन्दिप बुढाथोकीले ५ सय ९५, शुशिला कार्कीले ५ सय ४, कहना विश्वकर्माले ५ सय ४९, विनिता गौतमले ५ सय ६६ र विराट थापाले ५ सय २६ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै सदस्य प्रत्यक्ष्य तर्फ संयुक्त विद्यार्थी संगठनका चिराग श्रेष्ठले ३ सय ९१, दिवश ढुङगानले ४ सय १७, हिक्मत थापाले ३ सय ७३, शर्मिला चौलागाईले ३ सय ७९, दिपेन्द्र बहादुर विश्वकर्माले ४ सय २१, विनोद नेपालले ३ सय ७२, अजय खतिवडाले ३ सय ७९ र विश्वास राईले ३ सय ६३ मत पाएका छन् ।

समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय ५३ मत प्राप्त गर्दा अनेरास्ववियुले २ सय ९६, माओवादी निकट अखिलक्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ , राप्रविसंघले ३५ र बदर मत २३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थापना कालदेखी नै उर्लाबारी बहुमुखी क्याम्पससमा हावी हुदै आएको अनेरास्ववियुलाई २०६२ सालमा नेविसंघले एक उपसभापती सचिव र ३ सदस्य जितेको थियो भने त्यसयता भएका निर्वाचनमा अनेरास्ववियुले एक छत्र नेतृत्व गर्दै आएको थियो ।

सम्बन्धित खवर