पथरी बहुमुखी बचाउन स्ववियूमा नेविसंघको आवश्यक छ 

पथरी बहुमुखी बचाउन स्ववियूमा नेविसंघको आवश्यक छ 

पथरी, भोलि हुने स्वतन्त्र विद्याथी यूनियनको चुनावका लागि देशभरीका आङ्गिक क्याम्पस र सामुदायिक क्याम्पसमा विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्दामा उत्रिएका छन् ।

माेरङ पथरीशनिश्चरेकाे पथरी बहुमुखी क्याम्पसमा गठबन्धन सहितको नेविसंघ र अनेरास्ववियु चुनावी मैदानमा उत्रिएको छ । नेविसंघलाई अखिल कान्त्रीकारी र अनेरास्ववीयु (एकिकृत संमाजबादी) ले साथ दिएको छ ।

एमालेको लालकिल्ला मानिएको पथरीशनिश्चरे नगरमा कांग्रेसको भात्री संगठन नेविसंघ बलियो बन्दै गएको छ । ७ बर्ष अगाडी भएको स्ववियू चुनावमा नेवीसंघले गिरिस सावाँकाे नेतृत्वमा स्ववियू जितेको थियो । उत्त चुनावमा अखिल क्रान्त्रीकारी, नेविसंघ, अनेरास्ववीयु र अखिल क्रान्त्रीकारी बैध समुह छुटाछुट्टै चुनावी मैदानमा उत्रिएका थिए ।

पथरीशनिश्चरेमा रहेको एक मात्र बहुमुखी क्याम्पसलाई बचाई राख्न नेविसंघले चुनाव जित्न आवश्यक रहेको स्ववियू सभापती गिरिस सावाँले बताउछन् । सावाँले भने “क्याम्पस प्रमुख, शिक्षक, संचालक समिति सबै एमालेको छ । अब स्ववियूमा पनि एमालेको भातृ संगठन अनेरास्ववीयु आए क्याम्पस बन्द हुने अवस्थामा पुग्छ” ।

हाल क्याम्पस घाटामा छ, शैक्षिक गुणस्तर खस्कदै छ, निजी विद्यालय रेड स्टार माविले पनि स्नातक पढाई सुरु गर्योे, क्याम्पस कर्मचारी भर्ति केन्द हुदै गएको छ, गरिवका छोरा छोरी पढ्ने क्याम्पसमा बर्षेनी शुल्क वृद्धि हुन्छ सावाँले बताए ।

सावाँको भनाईले क्याम्पस नेकपा एमालेको मिलेमत्ताेमा संचालन भएको देखिन्छ । हुन पनि पुराण लगाएर संकलन गरेको अक्षय कोष समेत धितोमा रहेको विद्याथीहरुको भनाई छ । बहुमुखीमा एमालेको बहुमत हुनु, शैक्षिक गुणस्तर भन्दा राजनीतिक चल खेल बढि हुनुले पनि अन्य संस्थागत विद्यालयले स्थान पाउने पक्का छ ।

सावाँले भने “क्याम्पसको चिन्ता कसैलाई छैन, तर निजी विद्यालयका शिक्षक, जनप्रतिनीधी र पार्टि आफ्नो संगठनका उमेद्वार जिताउन लागि परेका छन् । क्याम्पस संचालनमा यतिकै चासो दिए क्याम्पस घाटामा नहुने र अक्षय कोष धितो राख्नु नपर्ने सावाँले बताए ।

नगरको एक मात्र क्याम्पस बन्द हुने अवस्था नआउला भन्न सकिन्न । हामीले गरिव जनताका छोरा छोरी र भावि पुस्ताका लागि भए पनि क्याम्पस बचाई राख्न जरुरी रहेकाे स्ववियू सचिव रोसन पराजुलीले बताए । पराजुली भन्छन “क्याम्पसमा पुरै एमालेले कब्जा जमाएको छ । क्याम्पसमा भएका हरेक गतिविधीमा नेविसंघले विद्यार्थीका लागि बुलन्द आवाज उठाएको छ । यो क्याम्पसमा प्रतिपक्षका लागि भए पनि नेविसंघले जित्नै पर्ने अवस्था रहेको छ । यदि एमालेकै भातृ संगठन अनेरास्ववियुले जिते क्याम्पसको केहि गति विधी थाहा हुन्न” । हामीले क्याम्पसले विद्यार्थीको हित विपरीत गरेका निर्णयमा आवाज उठाएका छौ । विद्यार्थीका लागि खेलकुद, पुस्तक, लाइब्रेरी शुल्क वृद्धी, भ्रमण, छात्रवृत्ति जस्ता कार्यक्रम गर्न क्याम्पसलाई दवाब दिएका छौ सचिव पराजुलीले बताए ।

२०७३ सालमा पथरी बहुमुखीमा स्ववियू चुनाव जिताएको नेविसंघले २०७४ को संघीय चुनावमा क्षेत्र नं. ३ क प्रदेश सभामा कांग्रेसलाई विजयी गराएको थियो । त्यस्तै २०७९ को संघिय चुनावमा कांग्रेसका उमेद्धार डा. सुनिल कुमार शर्माले एमालेका भानुभत्त ढकाललाई भारि मतले पराजित गरेका थिए । प्रदेश सभामा पनि एमालेका पथरीशनिश्चरे नगरका तत्कालिन नगर प्रमुख दिलिप कुमार राईलाई कांग्रेसका मान बहादुर लिम्बुले पराजित गरेका थिए ।

पछिल्लो अवस्थालाई हेर्ने हो भने नेकपा एमाले कम्जोर र नेपाली कांग्रेस निकै बलियो देखिएकाे छ ।

सम्बन्धित खवर