नेविसंघ जिताउन नेताहरुको दौडधुप

नेविसंघ जिताउन नेताहरुको दौडधुप

उर्लाबारी, स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नेताहरूको दौडधुप बढेको छ । चैत ५ गते हुने निर्वाचनका लागि उर्लाबारीमा कांग्रेसका नेताहरूको दौडधुप बढेको हो ।

उर्लाबारी क्याम्पसमा नेविसंघका विरुद्ध अनेरास्ववियुको नेतृत्वमा ५ वटा संगठनको संयुक्त प्यानल रहेको छ । जम्बो संयुक्त प्यानललाई चुनौती दिदै नेविसंघका तर्फबाट सभापतिमा विवेक कार्की, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुवन श्रेष्ठ र सदस्यहरुमा अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन शंकर, विराट थापा र दिपेश चौधरीको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

कार्कीको प्यानललाई जिताउन यतिबेला नेपाली कांग्रेस उर्लाबारीका नेताहरु एकढिक्का भएर लागि परेका छन् । नेविसंघका उम्मेदवार जिताउन नेपाली कांग्रेसका वडा, नगर, जिल्ला, प्रदेश र महाधिवेसन प्रतिनिधीहरू लागि परेका हुन् ।

सम्बन्धित खवर