उर्लाबारी बहुमुखीमा नेविसंघको पल्ला भारी, नयाँ ईतिहास रच्ने तयारी

उर्लाबारी बहुमुखीमा नेविसंघको पल्ला भारी, नयाँ ईतिहास रच्ने तयारी

उर्लाबारी, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको संघारमा रहेको छ । यतिवेला त्रिभुवन विश्व विद्यालय मातहतका आङ्गिक र सम्वन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचनको तिब्र तयारी भइरहेको छ ।

यसैबिच मोरङ उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तयारी तिब्र बनाएको छ । यस पटक उर्लाबारीमा नेविसंघले ईतिहांस रच्ने गरी तयारी गरिरहेको नेविसंघ क्याम्पस इकाइ सभापति भूपेन काफ्लेले बताउनुभयो । स्थापना कालदेखि नै अनेरास्ववियुको एकछत्र राज रहेको यस क्याम्पसमा विद्यार्थीका कुनैपनि मुद्धामा काम नभएकाले अब नेविसंघ मात्रै विकल्पमा रहेको काफ्लेले बताउनुभयो ।

उर्लाबारीमा वि.सं. २०६२ सालमा जनक खड्काको नेतृत्वमा उपसभापति सहित ५ सिट नेविसंघले जितेको थियो । यसपटक प्रत्यक्षमा क्लिन स्वीप गर्नेगरी नेविसंघले तयारी गरिरहेको छ । नेविसंघले क्याम्पसका हरेक मुद्धामा साथ दिदा पनि अपेक्षकृत ढंगले काम नभएको आम विद्यार्थीको गुनासो रहेको छ ।

नेविसंघका लागि परिपक्क, विद्यार्थीमाझ लोकप्रिय नेता विवेक कार्कीलाई स्ववियु सभापतिकाे उमेद्वारमा अगाडी सारेपछि अझ माहोल बनेको हो । नेविसंघले सबै कक्षाहरूमा कमिटि गठन गर्ने काम पनि सकेको छ । बिगतमा विद्यार्थीका हरेक समस्यालाई साथदिएको, पठन पाठन पुस्तकालय, बस लगायत विद्यार्थीसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा नेविसंघले गरेको सहयोग र साथले पनि नेविसंग जित तर्फ अगाडि बढेको बिबिएस प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी एलिना गौतमले बताउनुभयो ।

विद्यार्थीका समस्या हल गर्ने भन्दा पनि तर्किने बानी परेका अन्य संगठनका अगाडी नेविसंघ अधिकार प्रप्तीका लागि सदैव अगाडी लागेकाले पनि यसपटक मजबुद रहेको छ । त्यसो त यसपटक लामो समय विद्यार्थी नेतृत्व गरेका सुजित जैसवाल, महेन्द्र ठाकुर, कार्यवाहक सभापती भुपेन्द्र काफ्ले, जिल्ला सदस्य तिलक पौडेल, मिक्लाजुङ सभापती योगेस छिनाल, अर्विन घिमिरे जस्ता विद्यार्थी नेताले चुनावी कमाण्ड समालेका छन् ।

भने मनिश बुढाथोकी, भुवन श्रेष्ठ, सन्जोक भण्डारी, केशव चापागाई, देबेन्द्र पौडेल, अन्जना न्यौपाने, एलिना गौतम, निर्मला कार्की लगायतका लोकपृय विद्यार्थी नेताहरू कार्कीको टिममा उठ्ने हल्लाले जितको थप आधार निर्माण भएको विद्यार्थी नेता महेन्द्र ठाकुरले बताउनुभयो । यस पटकको निर्वाचनमा नेविसंघलाई जिताउन विद्यार्थीहरू स्वस्फुर्त रुपमा चुनावी अभियानमा होमिएका छन् ।

अन्य विद्यार्थी संगठनले सभापतिको टुङ्गो लगाइ नसक्दा पनि नेविसंघ भने चुनावी तयारीमा होमिइसकेको छ । नेविसंघका कार्की विद्यार्थी माझ लोकप्रिय भएकैले अन्य संगठनले पनि मत दिने अनेरास्ववियुका एक नेताले बताए । मिनि जनमतका रुपमा हेरिने स्ववियु निर्वाचनलाई पार्टीका नेताहरूले समेत चासोका साथ हेरिरहेका छन् । यस पटक उर्लाबारीमा नेविसंघ आउनेमा दुई मत नरहेको विद्यार्थीहरूको बुझाइ छ ।

सम्बन्धित खवर