कानेपाेखरी, मोरङको कानेपोखरी गाउँपालिकामा रहेकाे रमाइलो बहुमुखी क्याम्पसमा ७३ ओैँ प्रजातन्त्र दिवस मनाइएको छ । नेपाल विद्यार्थी संगठन रमाइलो क्याम्पस इकाईकाे आयाेजना दिवश मनाइएकाे हाे ।
कार्यक्रममा माेरङ क्षेत्र नं. ३ (क) निवर्तमान संसाद सुयर्माराज राईले देशमा प्रजातन्त्र आउनु अघि स्वतन्त्रता नभएको नभएको बताउनुभयो । नेपाली काङ्ग्रेसले आवाज उठाएको तथा कांग्रेसकै जाेडबलमा देशमा प्रजातन्त्र आएको कुरामा राईले जाेडदिनुभयाे ।
आगामी दिनमा नेबिसंघ रमाइलो बहुमुखी क्याम्पसले कानेपोखरी गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनुभयाे ।
कार्यक्रममा विभिन्न नृत्य तथा सम्मानका कार्यक्रमहरू समेत राखिएको थियाे । सम्मान पत्र पनि प्रदान गरेको छ ।