मेरो कार्यकालमा संस्था दर्ता ऐन ल्याउँछु ः उपसभामुख दनुवार

मेरो कार्यकालमा संस्था दर्ता ऐन ल्याउँछु ः उपसभामुख दनुवार

मोरङ, प्रदेश १ उपसभामुख सिर्जना दनुवारले आफ्नो कार्यकालमा संस्था दर्ता ऐन ल्याउने बताउनुभएको छ । गैर सरकारी संस्था महासंघ मोरङको कार्यक्रममा सरिक हुनुभएकी दनुवारले सो कुरा बताउनुभएको हो ।

गैसस महासंघ मोरङले आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि र गैर सरकारी संस्थाको क्षमता अभिवृत्ति सम्बन्धी दुई दिने तालिम कार्यक्रमलाई समापन गर्दै दनुवारले भन्नुभयो “अहिले संघ संस्था दर्ता गर्नका लागि संस्था दर्ता ऐन २०३४ को भर पर्नुपर्ने अवस्था छ । म मेरो कार्यकालमा संस्था दर्ता ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्दछु । नयाँ संस्था दर्ता ऐन नबन्दा वर्तमान परिप्रेक्ष्यमा मेल खानेगरी काम गर्न कठिन भएको छ ।”

सामाजिक संस्थामा काम गर्ने अभियान्ताहरूले राजनीतिक झण्डा बोकेर हिड्न नभएपनि सामाजिक वर्ग उत्थानका लागि राजनीति गर्न होमिनुपर्ने दनुवारले बताउनुभयो । खानेपानी, सरसफाई, बालबालिका, महिला उत्थान जस्ता विषयमा सशक्त भएर लाग्न अनुरोध गर्दै दनुवारले दिगो विकास लक्ष्यलाई पुरा गर्न सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

मोरङ जिल्लामा हाल चार हजार बढि सामाजिक संघसंस्थ दर्ता रहेको गैसस मोरङ अध्यक्ष विष्णु शर्मा आचार्यले बताउनुभयो । गैसस मोरङमा हालसम्म एकसय वटा जति संस्था मात्रै सूचिकृत भएका छन् । अब तत्काल जिल्लाका १७ वटै पालिकामा गैससको समन्वय इकाई गठन गर्ने र जिल्लामा सूचिकृतका लागि पहल गर्ने आचार्यले बताउनुभयो ।.

सम्बन्धित खवर