खेतबाटै आलु चोरी

खेतबाटै आलु चोरी

पथरी, मोरङको पथरी शनिश्चरे २ कालापानीमा खेतीबाट आलु चोरी भएको छ । पथरी कृषि फर्मका संचालक रुद्रमणि न्यौपानेले १५ धुर क्षेत्रफलमा लगाएको आलु राति चोरी भएको थियो । न्यौपानेले २ विघा क्षेत्रफल लिजमा लिएर कागती खेती र नगदे वाली गर्दै आएका छन् ।

करिव २ मन आलु चोरी भएको फर्मका न्यौपानेले जानकारी दिनु भयो । न्यौपानेले फर्ममा कागती, उखु, साग केराउ, प्याज, लसुन लगायतका नगदे बाली लगाउदै आउनु भएको छ । गाँउमा रहेको फर्ममा बेला बेला कागती र अन्य सागपात समेत चोरी हुने गरेको उहाले बताउनु भयो ।

आलु चोरी भए पछि न्यौपानेले जनप्रतिनीधी र प्रहरीमा जानकारी दिनुभएको छ । सुनसान ठाउँमा रातको समयमा चोरी भएकाले कसले चो¥यो भन्ने पत्ता लाग्न सकेको छैन ।

सम्बन्धित खवर